बैशाख २९, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले नेपाल बन्द आव्हान गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रममा सरकारले गरेको राष्ट्रघातले नेपाली जनताको स्वाभिमानमा चोट परेको भन्दै आईतवार (बैशाख ३० गते ) नेपाल बन्द गरेको जनाएको छ ।
महासचिव विप्लवद्धारा जारी गरिएको विज्ञप्तीमा केपीको लम्पसारवादी सरकार र भारतिय साम्राराज्यवादी सरकारबीच भएको राष्ट्रघाती सन्धी,सम्झौता मोदीको नेपाल भ्रमणको क्रममा नेपाली जनतामाथि गरिएको दमनको प्रतिरोधमा नेपाल बन्द गरिएको छ जनाएको छ ।











प्रतिक्रिया दिनुहोस्