बैशाख २९, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको खुसी नै भारतको खुसी भएको भन्दै नेपाल आफ्ना आवश्यकता र प्राथमिकतामा अघि बढे भारतले सोही अनुसार साथ दिने बताएका छन् ।
दुई दिने नेपाल भ्रमणमा रहेका मोदीलाई काठमाडौं महानगरपालिकाले गरेको नागरिक अभिनन्दन समारोहमा बोल्दै मोदीले भने– ‘अहिले नेपाल सगरमाथाको बेस क्याम्पमा पुगेको छ। पर्वतारोहीलाई बेस क्याम्पमाथि जान जसरी नेपाली शेर्पाले बलियो सहयोग गर्छन्, भारत पनि त्यही शेर्पा बनेर नेपाललाई चुचुरोमा पुर्याउन सहयोग गर्नेछ ।’
मोदीले नेपाल राजनीतिक संक्रमणको अन्त्य गरेर विकासको नयाँ चुचुरोमा पुग्न लागको उल्लेख गर्दै उनले भने उनले नेपालले प्राथमिकतामा राख्ने रेल्वे, जलविद्युत, प्रसारण लाइन वा तेल पाइप लाइनमा भारत सहयोग गर्न तयार रहेको बताए । यो भ्रमणमा मेरो सन्देश यही हो की नेपाल आफ्नो आवश्यकता र प्राथमिकतामा अघि बढोस् । जिम्मेवारीपूर्वक म यो भन्दैछु–नेपाल आफ्नो आवश्यकता र प्राथमिकतामा अघि बढोस् । भारतमा कदम मिलाएर साथ दिन तयार छ ।










प्रतिक्रिया दिनुहोस्