समाचार

१ सय ८० एम्पुल लागुऔषध सहित गुप्ता वलम्वुको प्रहरीको फन्दामा



बैशाख २९, काठमाडौं ।  १ सय ८० एम्पुल लागुऔषध सहित अनिल कुमार गुप्तालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरिय प्रहरी प्रभाग वलम्वुको प्रहरी टोलीले विशेष सुचनाको आधारमा चन्द्रगिरी १४ वालकुमारीवाट एम्पुल सहित प्रकाउ गरेको हो । प्रकाउ पर्नेमा पर्सा जिल्ला दुर्गा गाउँ पालिक ९ वस्ने वर्ष ३० को गुप्तालाई प्रकाउ गरिको महानगरिय प्रहरी प्रभागका प्रहरी निरिक्षक शर्मिला गुरुङले वताईन ।

विशेष सुराकीको आधारमा महानगरिय प्रहरी प्रभाग वलम्वुको प्रहरी साहायक निरिक्षक गोविन्द वहादुर साउदको कमाण्डमा गएको टोलीले लागुऔषध सहित पक्राउ गरेको हो । उनको साथ वाट नुफिन ५८ एम्पुल, फेनार्गन ६३ एम्पुल, डाईजाल्याव ५९ एम्पुल, लागुऔषध वरामद गरएको छ । प्रहरी निरिक्षक शर्मिला गुरुङले लागुऔषध सहित थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाईने जानकारी दिए । प्रकाउ पर्ने गुप्तालाई लागुऔषध ऐन अन्र्तगत मुद्धा चलाईने प्रहरीले जनाएको छ । महानगरिय प्रहरी प्रभाग वलम्वुले पछिलो समय लागुऔषध नियन्त्रणका लागि विशेष अप्रेसन सुरु गर्दे आईरहकेको छ । जस अन्र्तगत १ दर्जन भन्दा वढिलाई मुद्धा चलाई सकेको प्रहरी निरिक्षक गुरुङले वताईन ।