बैशाख ३०, चितवन । नेपाल बन्द घोषणा गरिएको दिन बिहानै नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कार्यकर्ताले भरतपुरस्थित भाटभटेनी सुपर मार्केटमा बम हानेमा छन् ।
आइतवार बिहान ३ बजेर ४५ मिनेटमा मोटरसाइकलमा सवार दुईजनाले सुपर मार्केटमा बम हान्दा बम प्रहार गरिँदा भाटभटेनी सुपर मार्केटको पूर्वतर्फको भागमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएका छ ।
प्रहरीका अनुसार बम हान्ने समूहको पहिचान भइसकेको छ । उनीहरूको खोजीकार्य तीब्र बनाइएको जनाइएको छ । सीसी टिभी फुटेजबाट ग्रिनेड हान्नेमध्ये एकजनाको पहिचान भइसकेको प्रहरीले जनाएको छ । बम प्रहार गर्ने विप्लवका कार्यकर्ता नै भएको पत्ता लागेको छ । उनीहरुलाई प्रहरीले बिहानैदेखि खोजीकार्य जारी छ ।










प्रतिक्रिया दिनुहोस्