राजनीति

पाँच थान बमसहित विप्लपका नेता तिमल्सिना पक्राउ



बैशाख ३१, हेटौडा । विप्लव माओवादीका एक मजदुर नेता दुर्गानाथ तिमल्सिनालाई पाँच थान बमसहित पक्राउ गरिएको मकवानपुर प्रहरीले जनाएको छ ।

तिमल्सिना विप्लव माओवादी निकट मजदुर संगठनका केन्द्रीय सदस्य हुन् । तिमल्सिनाले आफू मकवानपुर, बारा, पर्सा र रौतहटको जिम्मेवारी रहेको बताएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक शैलेन्द्र श्रेष्ठले जानकारी दिए ।

बन्दको क्रममा बम बोकेर हिँडेको भन्ने सूचनाका आधारमा प्रहरीले तिमल्सिनाको खोजी सुरु गरेको थियो । इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले उनलाई हेटौंडा-८ कमानेस्थित चौवन्नधरेबाट पेट्रोल बम सहित पक्राउ गरेको जनाएको छ ।