बैशाख ३१, काठमाडौं । जारी बर्ष मंगलवारदेखि रोकिने तथा काठमाडौं उपत्यकामा ५५ मिलिलिटर पानी परेको जल तथा मौसम विभागले जनाएको छ ।
वर्षा र बदलीको अवस्था अझै केही दिन जारी रहने मौसमविदले बताएका छन् । पश्चिमी भूभागबाट प्रवेश गरेको मौसमी प्रणालीका कारण देशका सबैजसो क्षेत्रमा बादल लाग्ने र पानी पर्ने क्रम जारी छ । आज दिनभर पनि पानी पर्ने मौसमविद जनाएका छन् ।
‘दिउँसो एक–दुई घण्टा हल्का खुलेको जस्तो देखिए पनि रातिसम्मै पानी पर्ने र भोलि दिउँसोबाट क्रमिक रुपमा सुधार हुनसक्छ बताइएको छ । पश्चिमी वायुको प्रभावले हाल नेपालको आकाशमा न्यूनचापीय रेखा विकास भएको र त्यसैको कारण पानी परिरहेको मौसमविदहरु बताउँछन् ।










प्रतिक्रिया दिनुहोस्