राजनीति

सन्धी, सिमा समस्या, एसएविको ज्यादतिको विषयमा सरकारले गंभिर हुनुपर्छ : सांसद वस्नेत



बैशाख ३१, काठमाडौं । नेकपा एमाले युवा नेता, पूर्व उद्योगमन्त्री तथा सांसद महेश बस्नेतले कृषिको औद्योगीकरण गर्ने कुरा बजेटका सिद्धान्त र प्राथमिकतामा नआएको बताएका छन् ।

प्रतिनिधिसभाको सोमवारको बैठकमा सांसद बस्नेतले नेपालमा उत्पादन भएको वस्तु वा पदार्थ अन्य मुलुकलाई सामान्य रकममा विक्रि गरी सोही वस्तु वा पदार्थवाट निमार्ण भएका अन्य चिज नेपालीले महंगो मुल्यमा खरिद गर्ने गरेको बताउँदै जौको कुँडो बनाएर गाई वस्तुलाई खुवाउने र हर्लिक्स किनेर खाने कुराको अन्त्य हुनुपर्ने बताएका हुन् ।

संसदमा वोल्दै सांसद वस्नेतले ‘अहिले पनि हामी गहुँ र मकैको ढिँडो नखाएर बेकरी र कर्नप्लेक्स खाइरहेका छौँ, सुन्तला बेचेर फेन्टा खाइरहेका छौँ, आप बेचेर फ्रुटी खाइरहेका छौँ, यस्ता कुराको अन्त्य हुनु पर्ने धारणा व्यक्त गरेका छन् ।

मध्यपुर थिमी नगरपालिकाका मेयर मदन सुनदर श्रेष्ठमाथि भएको आक्रमणलाई सकारले कानुनको दायरामा ल्याउन नसकेको बताउँदै तुरुन्त दोषीलाई कानुनको दायरामा ल्याई कडा भन्दा कडा कारवाही गर्न आग्रह समेत गरेका छन् ।

भारतीय प्रधानमन्त्री दुई दिने नेपालको भ्रमणका क्रममा जनकपुरमा भएको नेपाली झण्डाको मिसयुज भएको भन्दै सम्बन्धीत पक्षलाई तालिम दिनुपर्ने समेत वताएका छन् । त्यस्तै सास्सद वस्नेतले सुगौलि सन्धी, सिमा समस्या, एसएविको ज्यादतिको विषयमा सरकारले गंभिरताका साथ लिई स्थायी समस्या समाधानको वाटो खोज्नुपर्ने वताएका छन् । त्यस्तै भारतले वाधेको वाँधका कारण हजारौं नेपालीहरु डुवानको समस्या झेलिरहेकोले त्यसलाई पनि वेलैमा समस्याको समाधानको बाटो अपनाउन आग्रह गरेका छन् ।

विकास गरे हुन्छ भन्ने जनकपुरवाट प्रमाणीत भएको वताउँदै कुनै एक नेता आउदैमा विकास रातारात हुन्छ भने हामीले किन त्यसरी नै रातारात काम नगर्ने ?, काठमाडौंको धुलो धुँवा, फोहोरको व्यवस्थापमा किन कमजोरी भइरहेको छ ? राजश्वको कुरा उठाउँदै चौधरी ग्रुपले कति राजस्व तिर्छ ? भनि प्रश्न गरेका छन् ।

उनले काठमाडौं–तराई फास्ट ट्र्याक सेनाले बनाउने हो कि होइन भनेर संसदमा प्रश्न समेत गरेका छन् ।