जेठ १, काठमाडौं । नेपालका पूर्व राष्ट्रिय फुटबलर मणि शाहको आज अन्त्येष्टि गरिने भएको छ ।
दशरथ रंगशालामा नेपाली फुटबलका मणि पुर्ब राष्ट्रिय टिमका कप्तान मणि शाहको श्रद्धाञ्जली शुरु । उनको पार्थीव शरिरलाई श्रदाञ्जली दिन बिहान ९ बजेदेखि ११ बजेसम्म दशरथ रंगशालामा राखिएको छ । यसपछी पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिनेछ ।
शाहको ५१ वर्षको उमेरमा सोमबार निधन भएको हो । लामो समयदेखि कलेजोको रोगबाट पीडित शाहको थापाथलीमा रहेको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
सन् १९८४ देखि १९९८ सम्म लगातार १३ वर्ष नेपाली राष्ट्रिय फुटबल टोलीबाट खेलेका शाहले १० वटा अन्तर्राष्ट्रिय गोल गरेका थिए ।










प्रतिक्रिया दिनुहोस्