समाचार

International Day Against Homophobia Transphobia Biphobia-2018



जेष्ठ १, काठमाडौं । इन्टरनेश्नल डे अगेन्स्ट होमोफोयिबा ट्रान्सफोयिबा बायोफोयिबा २०१८, अन्तराष्ट्रिय दिवस हो ।

यौनिक तथा लैंङ्गिक अल्पसंख्यक समुदायलाई समाजले रोग हो यो प्राकृतिक होइन भनि हेर्ने गरेकाले यो दिन हाम्रो समुदायले हामी रोग होइनौ हामी पनि अन्य व्यक्ति सरह बाँच्न पाउनु पर्छ भन्ने अधिकार सुनिश्चित गर्नको लागि प्रत्येक बर्ष मे १७ का दिन मनाइने गर्दछ। यो चाँही मितिनी नेपालको सम्मेलन नभई एक दिने कार्यक्रम हो ।

संस्थाको परिचय 

मितिनी नेपाल महिला समलिङ्गीहरुको हक अधिकारका लागि स्थापित एक गैर सरकारी सामाजिक संस्था हो । यसको स्थापना सन् २००५ मा भएको हो । यो संस्था आफ्नो स्थापनाकाल देखि नै निरन्तर रुपमा महिला समलिङ्गीहरुको हक अधिकारको पक्षमा वकालत गर्दै आइरहेको छ । विशेष गरेर यो संस्थाले महिला समलिङ्गीहरुको यौनिकताको पहिचान गराउने, उनिहरुको अस्तित्वको कदर गर्ने वातावरण तयार पार्ने, घर परिवार तथा समाजबाट बहिस्कृत भएका महिला समलिङ्गीहरुलाई त्यही समाजमा पुर्नः स्थापित गराउने, मानव अधिकारको रक्षा गर्ने, लैङ्गिक तथा यौनिक पहिचान तथा व्यवहारको आधारमा गरिने हरेक प्रकारको भेदभाव तथा दुव्र्यवहारको विरुद्ध सशक्त आवाज उठाउने, अप्ठ्यारोमा परेका महिला समलिङ्गीहरुलाई कानुनी उपचारको लागि पहल गर्ने तथा परामर्श दिने, सीपमूलक तथा क्षमता अभिवृद्धीका कार्यक्रम मार्फत महिला समलिङ्गीहरुलाई सशक्तिकरण गरी आत्म निर्भर बनाउने काम गर्ने गर्दछ ।

दुरदृष्टी

एउटा शान्त, सम्वृद्ध समाज तयार पार्ने जहाँ यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका हरेक व्यक्तिहरु विना कुनै डर, भेदभाव, हिंसा, दुव्र्यवहार तथा मानव अधिकारको पूर्ण प्रत्याभूत हुने गरी आत्म सम्मान तथा आत्म गौरवका साथ आम नागरिक सरह बाँच्न सकूँन ।

उदेश्य 
१. महिला समलिङ्गीहरुको हक अधिकार तथा सामाजिक न्यायको प्राप्तीको लागि लड्ने ।
२.  महिला समलिङ्गीहरुको मानव अधिकार, यौन अधिकार, श्रम अधिकारको सुनिश्चितताको लागि क्रियाशील रहने ।
२.  पीडित महिला समलिङ्गीहरुलाई मनोविमर्श सेवा, कानूनी परामर्श सेवा, आकस्मिक सुरक्षावास सेवा प्रदान गर्ने ।
३. राज्यका हरेक निकायमा महिला समलिङ्गीहरुको पहुँच तथा प्रतिनिधित्व गराउन दवावमुलक कार्यक्रम गर्ने ।
४. महिला समलिङ्गीहरुको राजनैतिक, सामाजिक, आर्थीक, सांस्कृतिक, नागरिक अधिकारको सुनिश्चितता गराउने ।
५. महिला समलिङ्गी समुदायहरु प्रति हुने यौन शोषण, श्रम शोषण, बेचबिखन, बलात्कार, शारिरिक तथा मानसिक हिंसा, सामाजिक बहिष्करण, दुव्र्यवहारका विरुद्ध सशक्त भएर आवाज उठाउने ।

कार्यनीति 

१. राजनैतिक, सामाजिक, आर्थिक, शैक्षिक तथा कानूनी अधिकार प्राप्तीका लागि निरन्तर बहस तथा पैरवि गर्ने ।
२. सीपमूलक तथा अधिकारमा आधारित क्षमता विकास तालिमका माध्यमबाट लक्षित समुदायको सशक्तिकरण गर्ने ।
३. यौनिक तथा लैंङ्गिक अल्पसंख्यक समुदाय प्रति हुने हरेक प्रकारका भेदभाव विरुद्ध लड्न महिला समलिङ्गीहरुलाई संगठित गर्ने ।
४. यौनिक तथा लैङ्गिक सवालमा समय समयमा अन्र्तक्रिया, गोष्ठी, सम्मेलन, अभियान, ¥याली, पत्रकार सम्मेलनको आयोजना गर्ने ।
५. मानव अधिकारको संरक्षण तथा सम्बद्र्धनका तथा यौनिक तथा लैङ्गिक समुदायको लागि न्यायिक वातावरण निर्माणका लागि समुन्वय, आपसी समझदारी तथा सञ्जाल विस्तार गर्ने ।

लक्षित वर्ग

यौनिक तथा लैंङ्गिक अल्पसंख्यक समुदाय भित्रका सम्पूर्ण Lesbians, Bi-sexual तथा Transgender महिलाहरु ।

कार्यक्षेत्र : नेपाल

समलैङ्गिकता

समान लिङ्ग भएका अर्थात महिला महिला र पुरुष पुरुष बिच हुने शारीरिक तथा भावनात्मक यौन आकर्षण नै समलैङ्गिमता हो ।

महिला समलिङ्गी : महिला प्रति आकर्षित हुने महिलाहरु समलिङ्गी महिला हुन् । यस्ता महिलाहरु आफुजस्तै समान लिङ्ग भएका अरु महिलाहरु प्रति यौन चाहना राख्छन् । विपरित लिङ्गी अर्थात पुरुष प्रति उनिहरुको यौन आकर्षण हुँदैन ।

पुरुष समलिङ्गी  : पुरुष प्रति आकर्षित हुने पुरुषहरु समलिङ्गी पुरुष हुन् । यस्ता पुरुषहरु आफुजस्तै समान लिङ्ग भएका अरु पुरुषहरु प्रति यौन चाहना राख्छन् । विपरित लिङ्गी अर्थात महिला प्रति उनिहरुको यौन आकर्षण हुदैन ।

बाइसेक्स्युअल : महिला र पुरुष दुवेसँग शारिरिक तथा मानसिक दुवैरुपमा आकर्षित हुने तथा यौन चाहना राख्ने महिला वा पुरुष दुई Bisexual हुन् ।
ट्रान्स जेन्डर पुरुष : ट्रान्स जेन्डर पुरुष भनेको त्यस्तो व्यक्ति हो जो जन्मदा महिला भएर जन्मने तर हुर्कदै जाँदा उसको लैङ्गिक पहिचान पुरुषको जस्तो हुन्छ ।

ट्रान्स जेन्डर महिला : ट्रान्स जेन्डर महिला भनेको त्यस्तो व्यक्ति हो जो जन्मदा पुरुष भएर जन्मने तर हुर्कदै जाँदा उसको लैङ्गिक पहिचान महिलाको जस्तो हुन्छ ।

कार्यक्रमहरु 

१. बहस तथा पैरवी : अन्तक्रिया, छलफल, ¥याली, धर्ना, ज्ञापन पत्र, ध्यानाकर्षण पत्र, पत्रकार सम्मेलन
२. सिपमुलक कार्यक्रम : सिलाई, बुनाई, ड्राईभिङ, व्युटिसीयन तालिम, कफि बनाउने, च्याउ उमार्ने, मोमबत्ती बनाउने लगाउतका अन्य सीपमुलक तालिम
३. क्षमता विकास : नेतृत्व विकास, मानव अधिकार, कानूनी सचेतना, लैङ्गिक तथा यौनिक अधिकार सम्बन्धी अभिमुखिकरण तथा तालिम
४. सामाजिक मनोपरामर्श : पिडित महिला समलिङ्गीहरुलाई सामाजिक मनापरामर्श तथा कानुनी परामर्श सम्वन्धि कार्यक्रमहरु
५. अध्ययन तथा अनुसन्धान : महिला समलिङ्गीहरुको सवालमा अध्ययन तथा अनुसन्धान गर्ने कार्यक्रमहरु
६. सचेतनामुलक कार्यक्रमहरु : महिला समलिङ्गीहरुको अधिकारमा केन्द्रित सडक नाटक, सांस्कृतिक कार्यक्रम, पर्चा पोष्टर प्रकाशन

हाम्रा उपलव्धीहरु

१. यौनिक पहिचान अनुसार शान्त वातावरणमा बाच्न सक्ने बनाउनु
२. आफ्नै समाजमा आफ्नो यौनिक पहिचान अनुसार समाजको स्विकृति प्राप्त गर्नु
३. समलिङ्गी महिलाहरुको मुद्दा स्थापित गराउन सफल ।
४. सम्माननीय सर्वोच्च अदालतबाट उमेर पुगेकाहरु आफुखुशी सँगै बस्न पाउने भनी फैसला ।
५. बिभिन्न राष्ट्रिय तथा अन्र्तराष्ट्रिय संघ संस्थाहरुसंग सहकार्य, समन्वय तथा आपसी सम्बन्ध बिस्तार ।
६. समलिङ्गी महिलाहरुको अधिकारमा लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा वकालत तथा पैरवि गर्न सक्षम ।