राजनीति

झण्डाको रंग तथा महत्व थाहा नहुने मुख्यमन्त्रीलाई स्पष्टिकरण लिनुपर्छ : सांसद पाल



जेष्ठ २, काठमाडौं । नेकपा एमाले नेतृ, युवा संघ नेपालकी सहइन्चार्ज तथा सांसद निरुदेवी पालले नेपालको झण्डाको रंग तथा झण्डाको महत्व थाहा नहुने कर्मचारीलाई मात्र नभई मुख्य मन्त्रीलाई तरुन्तै स्पष्टिकरण लिनुपर्ने बताएकी छिन् ।

आज संघिय संसदमा वोल्ने क्रममा सांसद पालले आम नेपाली जनताको पक्षवाट आफ्नो कुरा राखेकी छिन् । राष्ट्र र राष्ट्रियति प्रति वफदारीतालाई आत्मासाथ गर्दै सांसद पालले नाकावन्दी, सिमा अतिक्रमण, रोजगारी, रेमिट्यान्स जस्ता कुराहरुलाई गम्भीरताका साथ योजनावद्ध रुपमा अघि सरकार वढ्नु पर्ने बताएकि छिन् ।

खुकुरीको धार अचानोलाई मात्र थाहा हुन्छ भन्दै सिमा क्षेत्रमा भारतले गरेको अतिक्रमण तथा एसएविले दिएको दुःख त्यहाँका जनतालाई मात्र थाहा हुने भएकाले त्यसलाई दिर्घकालीन समस्या समाधानको वाटो अविलम्ब खोज्न आग्रह गरेकी छिन् ।

नेपालवाट ९९ प्रतिशत अदक्ष शक्ति विदेशिएका छन् जसमा एक प्रतिशत मात्र दक्ष जनशक्ति विदेशिएको भएका कारण देशमा नै दक्ष जनशक्ति निमार्ण गर्नुपर्नेमा जोड दिएकि छिन् ।

त्यस्तै महाकली अञ्चल अस्पतालमा १८ जनाको दरवन्दी भए पनि अहिले जम्मा एक जनाले काम चलाउने गरेको छ । त्यसैले दरवन्दी अनुसारको व्यक्तिलाई कार्यरत संस्थामा पुर्याउन समेत माग गरेकी छिन् । अस्पताल रेफर सेनटको रुपमा नभई सेवा सुविधाको सेन्टर हुनुपर्ने बताएकि छिन् ।

त्यस्तै राष्ट्रियताको सवालमा उनले अहिलेको झण्डै दुई तिहाइका साथ प्रधानमन्त्री वनेका केपी ओलीलाई लम्पसास वादीको संज्ञा दिएकोमा कडा आपत्ती जनाएकि छिन् । उनले भारतले जे भन्यो त्यो नमानि देश र जनताको पक्षमा अडिक रहने व्यक्ति कसरी लम्पसार वादी भयो ? भनी जवाफ समेत मागेकी छिन् । छिमेकी देशहरुसँग सम्बन्ध विस्तार गर्नुपर्छ अघि वढ्दा लम्पसारवादको संज्ञा दिने कुनै राष्ट्रियता नभई अधिनायकवाद भएको समेत वताएकि छिन् ।