राजनीति

भोलि नै एमाले-माओवादी पार्टी एकता घोषणा !



जेष्ठ २, काठमाडौं । लामो समयसम्म विभिन्न कुराहरुको व्यवस्थापनमा अल्झीएको एमाले माओवादीको पार्टी एकताको लागि आज नेकपा एमालेका अध्यष केपी ओली तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड विच भएको वार्तापश्चात भोली नै पार्टी एकताको घोषणा हुन सक्ने जनाइएको छ ।

माओवादीको केन्द्रीय सचिवालयको विस्तारित बैठक बस्दैछ भने एमालेले केन्द्रीय कमिटीको बैठक बिहीबार ११ बजे बोलाएको छ भने एमाले केन्द्रीय कमिटी बैठकअघि पार्टी एकता संयोजन समितिको बैठकले पार्टी एकीकरणको घोषणा गर्ने सम्भावना छ ।

सकेसम्म बिहीबार नै एकीकृत पार्टी ‘नेकपा कम्युनिष्ट पार्टी’ निर्वाचन आयोगमा दर्ता गर्ने दुई दलको तयारी छ । यद्यपि एमाले उपमहासचिव बिष्णु पौडेलले भने संयोजन समितिको बैठकपछिमात्र टुंगो लाग्ने बताए । उनले दुवै अध्यक्षको भनाइ उधृत गर्दै भने(एकता ‘अन प्रोग्रेस’मा छ । भोलि संयोजन समितिको बैठकले टुंगो लगाउनेछ ।’