राजनीति

एमाले माओवादी विघटन : नेकपाका नेताले लिए सपथ



जेष्ठ ३, काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड र केपी ओलीको अध्यक्षतामा एमाले र माओवादी केन्द्रको संयुक्त बैठक पश्चात औपचारीक रुपमा पार्टी विघटन भएसँगै नयाँ पार्टी नेकपाका सबै सदस्यले सामूहिक सपथ लिएका छन् ।

सुरुमा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई सपथ खुवाएका थिए भने प्रचण्डले ओलीलाई सपथ खुवाएका थिए ।

त्यसलगत्तै ओली र प्रचण्डले संयुक्त रुपमा सिंगो केन्द्रीय समितिलाई सपथ खुवाएका थिए ।

बैठकले एमाले नेता सुवास नेम्वाङ र माओवादी नेता देव गुरुङलाई ‘नेपाल कम्युनिष्ट पार्टी’ दर्ता गर्न निर्वाचन आयोग पठाएको छ । बैठकले दुई पार्टीको सम्पत्ति नेकपाका नाममा सार्ने निर्णय पनि गरेको छ ।