राजनीति

मन्त्रीले गैरकानुनी आदेशमा ठेकेदारलाई थुने ठेकेदार अदालत जान्छन् : सांसद अधिकारी



जेष्ठ ४, काठमाडौं । नेपाली काग्रेसका सांसद राधेश्याम अधिकारीले वर्तमान सरकारका मन्त्रीहरुले गैरकानुनी रुपमा आदेश दिई कुनै पनि ठेकेदारलाई थुने ठेकेदारहरु अदाल जान बाध्य हुने चेतावनी दिएका छन् ।

राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै ठेकेदार जेल हाल्ने गृहमन्त्रीको आदेश आउएको भन्दै उनले भने, अस्ती चिनी मिलमालिकहरुलाई त्यसै गरियो । फर्मान आदेशबाट देश चल्दैछ । गणतन्त्रमा कानुनभन्दा माथि कोही छैन भन्ने मन्त्रीजीहरुले विर्सन थाल्नु भएको छ ।’

कांग्रेस सांसद अधिकारीले सरकारले हुकुम प्रमाङ्गीबाट देश चलाउन खोजेको भन्दै काठमाडौंमा सडकको समस्या विकराल भएको तर, सरकारले काम गराउने भन्दा बहना खोजेको उनको आरोप छ ।