जेष्ठ ४, काठमाडौं । तत्कालिन नेकपा एमालेका सचिव तथा सांसद कृष्ण गोपाल श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको नाम इतिहासमा स्वर्ण अक्षरले लेखिने गरि कार्य गरेको उल्लेख गरेका छन् ।
माननीय श्रेष्ठले आज बिहान धुम्बाराहीमा भेटको क्रममा पार्टी भित्र अझै धेरै भागबण्डा मिलाउन बाँकी रहेको भन्दै प्रमुख सचेतक चाँडै टुङ्गो लगाउनुपर्ने बताएका छन् । उनले भने संसदमा प्रतिपक्षले सत्ता पक्षहरु एक भए, उनीहरुको पार्टीको प्रमुख सचेतक को हो भनेर सोधे भने के जवाफ दिने ? त्यसैले चाँडै टुङ्गो लगाउनुपर्छ ।
केपी ओलीले आफ्नो कार्यकालमा इतिहासमा कहिल्यै नमेटिने काम गरेको भन्दै मुक्त कण्ठले प्रशंसा गरे । “ओलीले पार्टी अध्यक्ष हुँदा स्थानीय तहमा पार्टी पहिलो भयो, साविकको माओवादीसँग चुनावी तालमेल गरेर ६ वटा प्रदेशमा सरकार बनायौँ, अहिले त झन एउटै कम्युनिष्ट पार्टी बनायौ । यस अभियानमा हामीले उहाँलाई पूर्ण सहयोग गरेका छौँ र हामी गौरव गर्छौँ” उनले थपे ।










प्रतिक्रिया दिनुहोस्