राजनीति

प्रचण्ड समूहको बिदाई, माके विघटन भएको छैन : किराँती



जेष्ठ ४, काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता गोपाल किराँतीले पुष्पकमल दाहाल (प्रचण्ड)समूहको अन्तिम बिदाई र वैचारिक धारको दाहसंस्कार भएको घोषणा गरेका छन् ।

उनले एमाले र माओवादीबीचको एकता गलत कदम भएको पनि आरोप लगाए । पुजींवादी गणतन्त्र स्थापनासम्म आईपुग्दा सकारात्मक भूमिका खेलेका प्रचण्ड हाल आएर माक्र्र्सवाद–लेलिनवाद–माओवादको विचार, वल प्रयोगको सिद्धान्त आधारित राजनीतिक कार्यदिशा र पहिचान मुद्दा परित्याग गरि नव–प्रतिक्रियावादी कित्तामा पलायन भएको समेत किराँतीले आरोप लगाएका छन् ।

नेता किराँतीले केपी ओली र प्रचण्डले भारतीय शासकसामु निर्लज्ज आत्मसमर्पण गरेको आरोप पनि लगाए । नेता किराँतीले हिजो एमाले र माओवादी केन्द्रले दुवै पार्टी विघटन भएको भनेर घोषणा गरेपनि माओवादी केन्द्र विघटन नभएको भन्दै विचार, भावना र ईतिहासको एकीकृत निरन्तरताको लागि नेकपा (माओवादी केन्द्र) पूर्नगठन अभियानमा जुट्न आग्रह समेत गरेका छन् ।