राजनीति

एकताको भावना अनुरुप समृद्दीका लागि परिचालित हुनु पर्छ : नेता गौतम



जेष्ठ ५, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता बामदेश गौतमले आगामि दिनमा देशका सम्पूर्ण युवा शक्तिहरु एकताको भावना अनुरुप समृद्धि र सुशासनको लागि एक ढिक्का भएर लाग्नुपर्ने बताएका छन् ।

युवा संघ नेपालले आयोजना गरको वधाई तथा शुभकामना आदनप्रदान कार्यक्रममा वोल्दै नेता गौतमले सम्पूर्ण कम्युनिष्ट पार्टीहरु एक ढिक्का भई समृद्ध नेपाल सुखी नेपालीको अभियानमा लाग्नुपर्ने धारणा व्यक्त गरेका छन् । नेकपालाई जनताले दिएको जनमतलाई आत्मासाथ गर्दै देश विकासमा लाग्न युवा शक्तिलाई आग्रह गरेका छन् । युवा शक्ति विना देश विकास सम्भाव नरहेको वताउँदै उनले भने देश विकासको मरेरुदण्ड नै युवा तथा विद्यार्थी भएकाले त्यसको निम्ती युवा तथा विद्यार्थी नेतृत्वले सम्पूर्ण शक्ति परिचालन गर्न आग्रह समेत गरेका छन् ।

कार्यक्रममा युवा संघ नेपालका अध्यक्ष रमेश पौडेलले देश विकास, रोजगारीको निम्ती संघ पार्टी तथा सरकारको निर्देशन अनुसार जस्तोसुकै कार्य गर्न तयार रहेको बताएका छन् ।

कार्यक्रममा अध्यक्ष पौडेको साथमा उपाध्यक्ष पर्शुराम वस्नेत लगायतका संघका केन्द्रीय कमिटिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।