जेष्ठ ६, काठमाडौं । प्रदशे नं. ३ का भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापीतले एग्री विन्ड केमिकलको प्रयोग गरी धुलोमुक्त प्रदेश वनाउने योजना अघि सारेका छन् ।
शनिबार गोकर्ण रिसोर्टमा उक्त प्रविधिबारे जानकारी दिन प्रदेश मन्त्रालयले जनप्रतिनिधिहरुको भेला बोलाएको थियो । सडकलाई धुलौटो बनाएर एग्री विन्ड नामक केमिकल प्रयोग गर्न अमेरिकी कम्पनी स्टेडफास्टसँग सम्झौताको तयारी गरिएको जानकारी मन्त्रालयले दिएको छ । इक्वेडर, पेरु, रोमानिया, कोस्टरिका जस्ता मुलुकमा यही प्रविधिबाट सडकहरु निर्मित छन् ।
भेलामा एग्री विन्ड केमिकलको नेपाली प्रतिनिधि कम्पनी इकोसेन्टकका सुनील लोहियाले केमिकल प्रयोगबारे जानकारी गराए ।
कार्यक्रममा एग्री विन्डका अध्यक्ष रोबर्ट फ्रीजमेनले उक्त केमिकलको प्रयोगबाट कम्तीमा पाँच वर्षसम्म सडकमा कुनै समस्या नआउने भन्दै यदि समस्या आएमा कम्पनीले त्यसको ग्यारेन्टी लिने बताए ।










प्रतिक्रिया दिनुहोस्