राजनीति

संविधान संशोधनबारे लिखित सहमति भए सरकारमा सहभागी हुन्छौं : अध्यक्ष यादव



जेष्ठ ८, काठमाडौं । संघीय समाजवादी फोरमा अध्यक्ष उपेन्द्र यादवले वर्तमान नेपाल कम्युनिष्ट पार्टीको सरकारले संविधान संशोधनको वारेमा लिखित सहमति गरेमा सरकारमा सहभागी हुन तयार रहेको बताएका छन् ।

फोरमका नेताहरुका अनुसार जब दुई दलको एकता प्रक्रियामा समस्या देखिन्थ्यो, एमाले नेताहरु सरकारमा लैजान हतार गर्थे । तर, जब फेरि माओवादी नेताहरुसँगको वार्ता सकारात्मक हुन्थ्यो, सरकार विस्तार वार्ता छायाँमा पथ्र्यो । एक नेता भन्छन्, ‘उहाँहरुको एकता भएपछि अब त्यस्तो नहोला भन्ने अपेक्षा राखेका छौं ।’

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार संशोधनमा सहमति जुटेको भन्दै सरकारमा आउनासाथ सहमति हुने बताएका छन् ।

फोरमका नेताहरुले यसलाई सच्याएर संविधान संशोधनमा लिखित सहमति गरेर अहिले पनि सरकारमा जाने बताउँछन् । तर, सहमति नभए विपक्षमा बस्ने अडान छ ।