जेठ ९, काठमाडौं । कान्तिपुर फिल्म एकेडेमी र मुम्बईको प्रसिद्ध फिल्म स्कुल विस्लीङ्ग उड इन्टरनेसनलको संयुक्त आयोजनामा हुन गइरहेको वर्कशपमा निर्देशक सुभास घई नेपाल आउने भएका हुन् ।
उनले नै मनिषा कोइरालालाई १९९१ मा चलचित्र ‘सौदागर’ बाट बलिउडमा इन्ट्री गराएका थिए । वर्कशप विशेष गरी मिडिया नलेज, मोबाइल फिल्म मेकिङ्ग, स्क्रिप्ट राइटिङ्ग र फेसन डिजाइनमा केिन्द्रत हुने भएको छ ।
वर्कशपको लागि मुम्बईबाट निर्देशक घईसँगै स्क्रिप्ट राइटर अन्जुम राजाबली, फेसन डिजाइनर, निशा चन्दा, फिल्म मेकर रवीया नाज्की तथा मुक्ता आर्टस्का म्यानेजिङ डाइरेक्टर राहुल पुरी र नेपालबाट फिल्म डिरेक्टर तथा मिडिया पर्सनालीटी दिनेश डिसी हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्