राजनीति

पार्टी भित्र भ्रष्टचार भए तत्काल कारवाही : अध्यक्ष द्वय ओली/प्रचण्ड



जेष्ठ १०, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली तथा अध्यक्ष प्रचण्डले पार्टी भित्र र आफ्नो नेतृत्वमा रहेको कुनै पनि निकायमा भ्रष्टचार भए तत्काल कारवाही गर्ने बताएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको अनौपचारिक बैठकमा अध्यक्षद्वय प्रधानमन्त्री ओली र प्रचण्डले पार्टी एकतालाई सुदृढ गर्न र पार्टीले दिने जिम्मवारी पूरा गर्न आहृवान गरेका छन् ।

निर्वाचन आयोगमा बुझाउने हस्ताक्षर, नागरिकताको प्रतिलिपी लिन वोलाइएको पार्टीको पहिलो वैठकमा राष्ट्रको कार्यभार सामाजिक न्यायसहितको समृद्धि भएको भन्दै दुबै नेताले त्यसमा केन्द्रित हुन निर्देशन दिएका छन् ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘पार्टीलाई विधि र प्रक्रियासम्मत रुपमा सञ्चालन गर्न र संघीय, प्रादेशिक र स्थानीय सरकार चलाउँदा भ्रष्टाचार नगर्न, हुन नदिने र भए तत्काल कारबाही गर्न निर्देशन दिनुभएको छ ।’