जेष्ठ १४, धनगडी । बोगटान गाउँपालिका-६ गगुडा पलाडीमा जीप दुर्घटना चार जनाको मृत्यु भएको छ भने दश जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
दिपायलबाट गगुडा पलाडी जाँदै गरेको से१ज ८७७ नं. को जीप दुर्घटना हुँदा चालकसहित चार जनाको मृत्यु भएको स्थानीय जानकारी दिएका छन् । तर, घटनास्थलमा पुग्न ४ घण्टा लाग्ने भएकोले आधिकारिक जानकारी भने नभएको प्रहरीले जानकारी दिएको छ ।
स्थानीय जीत चन्दका अनुसार मृत्यु हुनेमा चालक रामबहादुर बिक, साहु भगत द्धारिया र इन्नरी रावल रहेका छन् । एक जना मृतक महिलाको भने सनाखत भएको छैन् ।
घाइतेहरूको स्थानीयवासीले उद्दार गरी अस्पताल पठाइसकेको बताएका छन्र । दुर्घटनास्थल जिल्ला सदरमुकामबाट ३५ किलोमिटर टाढा छ ।










प्रतिक्रिया दिनुहोस्