जेठ १५, काठमाडौँ । गर्मीको समय मुटुका बिरामीका लागि अलि खतरनाक मानिन्छ। गर्मी मौसममा मुटुका बिरामीले विशेष ध्यान दिनुपर्छ। बढी समय चर्को घाममा रहनाले रक्तचाप घट्छ र मुटुमा समस्या आउँछ ।
– रक्तचाप उच्च छ भने तत्काल डाक्टरको परामर्श लिनुपर्छ ।
– घाम चर्केको बेला बाहिर निस्कनुहुँदैंन। सकेसम्म घरभित्रै बस्नुपर्छ ।
– घर वरिपरी बाताबरण राम्रो छैन भने दिउँसो घामतिर पर्ने झ्याल र ढोका बन्द गर्नुपर्छ र बाक्लो पर्दा लगाउनुपर्छ ।
– चिया, कफी, मदिरा सेवन गर्नु हुदैन ।
– दिनभरिमा पटक–पटक तरल पदार्थ पिउनुपर्छ ।
– उच्च रक्तचाप, कोलेस्टेरोल, मोटोपना, मधुमेहजस्ता समस्या भएका वृद्धवृद्धाले गर्मी मौसममा ध्यान दिनुपर्छ ।
– गर्मी मौसममा हृदयघातका घटना बढ्नुको कारण डिहाइड्रेसन हो। डिहाइड्रेसनका कारण शरीरमा सोडियम र पोटासियमको मात्रामा गडबड हुन्छ ।
प्रतिक्रिया दिनुहोस्