राजनीति

सासद लामाको सपना पुरा : विद्यार्थीले शैक्षिक प्रमाणपत्रको आधारमा ऋण पाउने



जेष्ठ १५, काठमाडौं । नेपाली युवा आन्दोलनकी अगुवा युवा नेतृ, अनेरास्ववियुकी अध्यक्ष तथा सांसद नविना लामा तथा समग्र नेपाली युवा विद्यार्थीहरुको सपना पुरा गर्दै विद्यार्थीले शैक्षिक प्रमाणपत्रको आधारमा ऋण पाउने भएका छन् ।

वर्तमान सरकारले आज गरेको बजेट प्रस्तुत गर्ने क्रममा विद्यार्थीले आफ्नो शैक्षिक प्रमाण पत्रको आधारमा सात लाखसम्म ५ प्रतिशत ब्याजमा ऋण पाउने भएका छन् । शैक्षिक प्रमाणपत्रको आधारमा ऋण पाउने भएपश्चात नेपाली युवा युवतीहरु रोजगारीको खोजीमा विदेशको ५० डिग्री भन्दा माथिको गर्मीमा आफ्नो पसिना वगाउनु पर्ने वाध्यतावाट टाढा हुने लगभग निश्चित जस्तै भएको छ ।

सांसद लामाले भनिन् ‘विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र धितो राखेर बिना व्याज ऋण उपलब्ध गराउँदा विद्यार्थीहरु स्वरोजगार बन्न सक्ने र सरकारले लिएको समृद्ध नेपालको सपनामा सहयोग पुग्नेछ । शैक्षिक प्रमाणपत्र भएर पनि आर्थिक अभावमा कुनै आर्थिक उपार्जन बिना बसिरहेका लाखौं युवालाई स्वरोजगार बन्ने अवसर खुलेको बताउँदै सरकारको यो घोषणालाई व्यवहारिक र सहज रुपमा लागू गराउन सबै विद्यार्थी संगठनहरुले सकारात्मक दवाव दिनुपर्छ ।’

नेकपाका अध्यक्ष केपी ओली नेतृत्वको पहिलेको सरकाले पनि प्रमाणपत्रको आधारमा ऋणको व्यवस्था गर्ने घोषणा गरेको थियो । तर त्यसलाई कार्यान्वयनको चरणमा आउन साथ ओली नेतृत्वको सरकार विगठन भएको थियो । त्यसै सन्दर्भमा बर्तमान सरकार पनि ओली नेतृत्वको नै भएको समयमा यसलाई लागु हुने लगभग निश्चित जस्तै भएको छ । यसरी नै ओली नेतृत्वको सरकाले जनमुखी कार्य गर्दै गएमा सरकारको समृद्ध नेपाल सुखी नेपाली भन्ने नारा पुरा हुने निश्चित रहेको छ ।