शैक्षिक

ढुंगेल सहित ८१६ कैदीवन्दी रिहा : तत्कालिन माओवादी नेताद्वारा स्वागत



जेष्ठ १५, काठमाडौं । द्वन्द्वकालीन मुद्दामा जेल परेका बालकृष्ण ढुंगेल सहित ८१६ जना कैदीवन्दी रिहा भएका छन् भने तत्कालिन नेकपा माओवादी केन्द्रका सयौ नेता तथा कार्यकर्ताले स्वागत गरेका छन् ।

गणतन्त्र दिवशको उपलक्ष्यमा राष्ट्रपतिले सरकारको सिफारिस अनुमोदन गरेसँगै ढुंगेल सहित अन्य रिहा भएका भएका हुन् ।

ढुंगेललाई स्वागत गर्न मंगलबार बिहानै नेकपाकी केन्द्रीय सदस्य देवी खड्का, विद्यार्थी, युवा संगठनका नेताहरु डिल्लीबजार कारागार पुगेका थिए । समर्थकले उनलाई माला लगाएर स्वागत गरेका थिए ।

ढुंगेललाई माफी नदिन माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथि सुनुवाइ जारी छ । अदालतले सोमबारमात्र ढुंगेललाई माफी दिने निर्णयको सक्कल प्रति मागेको थियो ।

प्रक्रिया पूरा गरेका कैदीलाई गणतन्त्र दिवसका अवसरमा छाड्ने प्रचलन छ । यसअघि राजतन्त्रको पालामा पनि कैदी बन्दी रिहा गर्ने गरिएको थियो ।