राजनीति

मुलुकलाई अधिनायकवादबाट बाहिर निकालेर समृद्धिको परिकल्पना : अध्यक्ष दाहाल



जेष्ठ १५, काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहालले मुलुकलाई अधिनायकवादबाट बाहिर निकालेर समृद्धिको परिकल्पना पुरा गर्न सरकारको मुख्य ध्येय रहेको बताएका छन् ।

गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा नेकपा अध्यक्ष दाहालले मुलुकलाई ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य प्राप्तीको निम्ती विपक्षि दल नेपाली काग्रेसको सहकार्य हुनुपर्नेमा जोड दिएका छन् ।

काँग्रेस र तत्कालीन माओवादीले गणतन्त्र स्थापना गर्न निर्वाह गरेको भूमिकालाई विश्वजगतमा परिचित गराउन सत्तापक्ष र प्रतिपक्ष एक भएर अघि बढ्नु बाहेकको विकल्प नरहेको अध्यक्ष दाहालको बुझाई थियो ।