राजनीति

काँग्रेसले बोलायो बैठक, बजेटमाथि धारणा बनाउने



जेष्ठ १६, काठमाडौं । सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७५–७६ को बजेटबारे पार्टीको आधिकारिक धारणा बनउान कांग्रेसले संसदीय दलको बैठक आव्हान गरेको छ ।

नेपाली कांग्रेस, संसदीय दलको कार्यालय, सिंहदरबारमा अहिले बिहान ११ बजे बस्ने भएको छ । बजेटलगायत विषयमा छलफल गर्न पार्टी संसदीय दलको बैठक आज बस्न लागेको हो । बजेटबारे मिश्रित प्रतिक्रिया आएका छन् ।बजेटबारे कांग्रेसले शुरूमै असन्तुष्टि जनाइसकेको छ । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा अन्तिममा कांग्रेसले मौन समर्थन जनाएको थियो ।

सरकारले मंगलबार १३ खर्ब १५ अर्बको राजश्वमुखी बजेट संसदमा प्रस्तुत भएको थियो ।

अर्थमन्त्री डा युवराज खतिवडाले हिजो संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७५र७६ को बजेटबारे प्रारम्भिक प्रतिक्रिया दिँदै उनले भनेका थिए “करको बोझ बढाएर उत्पादकत्व बढ्छ भन्ने कुरा सही होइन ।”

काँग्रेसकै नेता गगन थापाले सरकारको नीति, कार्यक्रम र बजेटमा बहुमतप्राप्त सरकारले अपेक्षा गरिएअनुसार नयाँ तरङ्ग ल्याउने र जोखिम मोल्ने प्रकारको नभएको बताएका छन् ।