समाचार

दुई मन्त्रालय सहित संघीय समाजवादी फोरम सरकारमा सामेल हुने



जेष्ठ १६, काठमाडौं । संघीय समाजवादी फोरम दुई मन्त्रालय सहित सरकारमा सहभागी हुने हुने भएको छ ।

संघीय फोरमले स्वास्थ्य मन्त्रालय र शहरी विकास मन्त्रालय पाउने भएको छ । एक/दुई दिनभित्रै सरकारमा सामेल हुने फोरमका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिएका छन् । अध्यक्ष उपेन्द्र यादवकै नेतृत्वमा सरकारमा सहभागी हुने तयारीमा फोरम रहेको छ । एक मन्त्री अध्यक्ष हुने छन् भने अर्को को हुने भन्ने फोरमले अहिलेसम्म टुङ्गो लगाएको छैन ।

नेकपासँग दुई वुँदे सहमति भए पश्चात फोरम सरकारमा सहभागि हुने भएको हो । संविधान संसोधन गर्ने मुख्य एजेण्डा सहित फोरम सरकारमा सहभागि हुने भएको हो । फोरम सरकारमा सहभागि हुने भए पश्चात वर्तमान सरकार स्पष्ट कुदई तिहाई हुने देखिएको छ ।