शैक्षिक

विकास र समृद्धिको निम्ती बजेट कार्यान्वयनमा लैजान सरकारलाई दवाव दिने काग्रेसको निर्णय



जेष्ठ १६, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले जनताले चाहेको विकास र समृद्धिको चाहनालाई सम्बोधन हुने गरी बजेट कार्यान्वयनमा लैजान सरकारलाई दवाव दिने निर्णय गरेको छ ।

काँग्रेस संसदीय दलको बुधबार बसेको बैठकले बजेटलाई यथार्थवादी ढंगले कार्यान्वयनमा लैजान सरकारलाई ठोस आधार तय गर्दै त्यसलाई कार्यान्वयनमा लैजान सरकारलाई दवाव दिने निर्णय गरेको हो । काँग्रेसले बाह्य लगानी भित्रयाएर मुलुकको राष्ट्रियतालाई कम्जोर बनाउने गम्भिर आशंका व्यक्त गर्दै त्यसो नगर्न पनि सरकारलाई सचेत गराएको छ । बैठकले बालकृष्ण ढुंगेलको बाँकि कैद सजाय मिनाहा गरेकोमा पनि आपत्ति जनाएको छ । संविधान र कानुन विपरित हुनेगरी ढुंगेललाई रिहा गर्ने सरकारको निर्णय कुनै पनि हालतमा मान्य नहुने पनि प्रमुख सचेतक खाँडले बताए ।