राजनीति

मुख्यमन्त्री पोखरेल नेकपा संसदीय दलमा सर्वसम्मत



जेष्ठ १६, बुटवल । प्रदेश नं ५ को नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको नेतामा मुख्यमन्त्री शंकर पोखरेल सर्वसम्मत रुपमा निर्वाचित भएका छन् ।

आज वसेको बसेको संयुक्त संसदीय दलको बैठकले दलको नेतामा पोखरेललाई संसदीय दलको नेता चयन गर्न नेकपाका नेता तथा प्रदेशसभा सदस्य कृष्णध्वज खड्काले प्रस्ताव गरेका थिए भने अर्का नेता तथा प्रदेश सभा सदस्य कमल श्रेष्ठले समर्थन जनाएका थिए ।