समाचार

संसदमा बजेटबारे छलफल हुदै, बजेटमा प्रतिवाद गर्ने काँग्रेसको तयारी



जेष्ठ १७, काठमाडौं । सरकारले पेस गरेको आर्थिक वर्ष २०७५/७६ को वजेटमा आजबाट छलफल सुरु हुनेभए पश्चाता प्रतिपक्षित दल नेपाली काग्रेसले प्रतिवाद गर्ने तयारी रहेको बताइएको छ ।

जेठ १५ गते सरकारले संसदमा पेस गरेको बजेटबारे प्रतिनिधिसभाको बैठकमा बजेटबारे छलफल गर्ने कार्यसूची रहेको छ । छलफलका क्रममा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बजेटलाई हावादारी भएको संज्ञा दिदै आएको छ । काँग्रेस संसदीय दलको बैठकले बजेट स्वप्नदर्शी भएको टिप्पणी समेत गरेको छ ।

संसदमा रहेको अर्को दल राष्ट्रिय जनता पार्टी, नेपालले समेत बजेटले जनताको आंकाक्षा सम्बोधन गर्न नसकेको बताएको छ भने सरकारमा सामेल हुने तयारीमा रहेको संघीय समाजवादी फोरमले समेत बजेटप्रति असन्तुष्टि जनाएको छ ।