Banner News

नेकपाद्वारा नाम परिवर्तनको लागि निर्वाचन आयोगमा निवेदन



जेष्ठ १७, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले विवाद भए पछि आफ्नो नाम परिवर्तन गर्न भन्दै निर्वाचन आयोगमा निवेदन दर्ता गराएको छ ।

एमाले र माओवादी केन्द्र एकीकरणपछि नेपाल कम्युनिस्ट पार्टी गठन भएको थियो । नेकपा संसदीय दलका प्रमखु सचेतक देव गुरुङले ‘नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०’ नामसहित दर्ताको लागि निवेदन दिइसकेको जानकारी दिएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी ऋषि कट्टेलको नाममा दर्ता रहेकाले उनले नाम सम्वन्धि विवाद रहेको बताउदै आएका थिए । कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निर्वाचन आयोगमा पहिल्यै दर्ता भएकाले नेपाल कम्युनिस्ट पार्टीमा अन्डरलाइन राखेर आयोगमा निवेदन दिइएको थियो ।

नेकपाले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएसँगै १४ जेठमा आफ्ना केन्द्रीय सदस्यहरुको नागरिकता प्रमाणपत्रसहित आवश्यक कागजात बुझाइएको थियो ।