जेष्ठ १७, मोरङ । सुन तस्करी प्रकरण र सनम शाक्य हत्या प्रकरणमा मुछिएका नेपाल प्रहरीका एसएसपी श्याम खत्री पूर्पक्षका लागि जेल चलानका लागि जिल्ला अदालत मोरङले आदेश दिएको छ ।
बिहीवार विहान जिल्ला अदालत मोरङमा उपस्थित भएका खत्रीलाई मोरङ जिल्ला अदालतमा उपस्थित भएसँगै खत्रीको बयान लिइएको थियो । बयान सकिएसँगै शुरु भएको थुनछेक बहस पछि मोरङ जिल्ला अदालतका न्यायाधीश नारायण शर्माले खत्रीलाई पूर्पक्षमा राख्न आदेश दिएका हुन् ।
२०७४ फागुन पहिलो साता चुडामणि उप्रेती ‘गोरे’ले ल्याएको भनिएको ३३ किलो सुन त्रिभुवन विमानस्थलबाटै बाहिरिएको थियो ।
सनमको हत्यापछि ३३ किलो सुन तस्करीबारे छानविन गर्न बनेको समितिले नेपाल प्रहरीका उच्च अधिकारी सहित ६३ जनलाई प्रतिवादी बनाएर मोरङ जिल्ला अदालतमा संगठित अपराध, अपहरण तथा शरीर बन्धन र कर्तब्यज्यान मुद्धा दर्ता गरेको थियो ।










प्रतिक्रिया दिनुहोस्