मनोरञ्जन

आज शुक्रवार ३ चलचित्र रिलिज



जेठ १८, काठमाडौँ । आज शुक्रवार ३ चलचित्र ‘बेबि आई लभ यू’, ‘अमेरिका बोइज’, ‘हरी’ हलमा प्रदर्शन भैरहेको छ ।

जनक पाण्डे निर्देशित फिल्म ‘बेबि आई लभ यू’, प्रवेश पौडेलको ‘अमेरिका बोइज’ र सफल केसी/प्रतिक प्रतीक गुरुङ निर्देशित ‘हरी’ ले हलमा व्यापारिक प्रतिस्पर्धा थालेका हुन् ।

फिल्म ‘बेबि आई लभ यू’मा सन्तोष खड्गी, पूजा तिवारी, सरोज खनाल, निर्मल शर्मा, राजु कमेडी, रेशम बुढाथोकी, अप्सन पन्थीलगायतको अभिनय रहेको छ ।

फिल्म ‘अमेरिका बोइज’ मा अर्पण थापा, कामेश्वर चौसारिया, सन्दिप क्षेत्री, सुनिल थापा, हरिहर शर्मा, अभय बराल, आशिष प्रसाई, श्रृष्टी कार्की, सारदा गिरी, रश्मि भट्ट, रमा थपलियालगायतको अभिनय छ ।

यस्तै ‘हरी’ मा बिपिन कार्की, थिन्ले ल्हामो, सुनिता श्रेष्ठ ठाकुर, कमलमणि नेपाल, लक्ष्मी बर्देवा, लोकनाथ आचार्यलगायतका कलाकारको अभिनय रहेको छ ।