मनोरञ्जन

आलिया र रणवीरको सम्वन्ध



जेठ १८, एजेन्सी । बलिउड नायक  रणवीर कपुर र नायीका आलिया भट्ट यतिबेला अत्यधिक चर्चामा छन् ।

चर्चामा रहेका रणवीरले  एक अन्तरवार्तामा भने  प्रष्टरुपमा  आलियासँगको प्रेम स्वीकार गरे ।

उनले भने, ‘हो यो (प्रेम) नयाँ नयाँ छ । तर, अहिले नै यसको विषयमा कुरा गर्नु हतार हुन्छ । जिन्दगीमा उनी जेसुकै दिन्छन्, त्यसलाई म खुलेर लिन चाहन्छु ।’  ‘नयाँ नयाँ प्रेमले तपाईंभित्र अनेक उत्सुकता लिएर आउँछ । तपाईंका पुराना बानीव्यहोराहरु फेरिन्छन् । अहिले म पहिलेभन्दा बढि सन्तुलित छु । मैले हाम्रो सम्वन्धको महत्व बुझेको छु ।’

हालै सञ्जुको ट्रेलर लन्चमा पनि रणवीरले आफ्नो प्रेम जीवनको बारेमा बोलेका थिए ।