स्वास्थ्य

निपा भाइरसबाट बच्ने उपाय



जेठ १८, काठमाडौँ । निपा भाइरस पशुबाट मानिसमा सर्ने एक खतरनाक भाइरस संक्रमण रोग हो । भाइरस प्राकृतिक रुपमा टेरोपस भन्ने प्रजातिको चमेरोमा रहने गर्दछ । हालै भारतको केरलामा निपाह भाइरसको संक्रमणबाट १४ जनाको मृत्यु भइसकेको तथ्यांक सार्वजनिक भएको छ ।

  • चमेरोले जुठो हालेर छोडेको, रुखमा पाकेको फलफुलरु नखाने ।
  • फलफुल राम्रोसँग पखालेर र तरकारीहरु सकेसम्म पकाएर खाने ।
  • जनावरको गोठ, फार्महरु सफा राख्ने, मासु काट्दा पकाउँदा पन्जा र मास्कको प्रयोग गर्ने ।
  • संक्रमित मानिसहरुबाट जोगिनको लागि हात मिलाउने, अंकमाल गर्ने, भिडभाडमा जाँदा बिरामीलाई भेट्न जाँदा मास्क लगाउने गर्नु पर्दछ ।

यसको लागि हालसम्म कुनै औषधि र भ्याक्सिनको विकास भइसकेको छैन । रोगको लक्षण अनुसार सघन उपचार कक्षमा राखी स्नायु प्रणालीमा देखापर्ने लक्षणको आधारमा उपचार गर्ने बिधीलाई विश्व स्वास्थ्य संगठनले उपचार बिधिको रुपमा सुझाएको छ।