समाचार

पाल्पामा बस दुर्घटना मृतकको संख्या १३ पुग्यो



जेठ १८, पाल्पा । पाल्पाको रम्भा गाउँपालिका-४ हुमिनमा बस दुर्घटनामा परि मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

दुर्घटनामा  विष्णुमान बज्राचार्य, उनका भाई सचिन बज्राचार्य, कृष्णमान शाक्य, क्षेत्रमान शाक्य, गीता बुढाथोकी, कमला कार्की, लोकप्रसाद ढकाल, दुर्गाबहादुर सारु, सुशील श्रेष्ठ, देवेन्द्र प्रधान, वसन्ती खाँड र कृष्ण्णबहादुर बोहरा गरि मृत्यु हुनेमा १२ जनाको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

घाइते  १० जनाको युनाइटेड मिसन अस्पताल र  २ जनाको लुम्बिनी मेडिकल कलेजमा उपचार भैरहेको छ ।

सदरमुकाम तानसेनबाट रामपुर भ्रमणका लागि जाँदै गरेको लक्ष्मी बचत तथा ऋण सहकारी संस्था तानसेनका सदस्य चढेको लु२ख ९७५ नम्बरको बस दुर्घटनामा परेको हो ।