Banner News

पाल्पामा बस दुर्घटना : प्रधानमन्त्रीओलीद्वारा दुःख व्यक्त



जेठ १८, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पाल्पाको रम्भा गाउँपालिका-४ हुमिनमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले भनेका छन् ‘सहकारी संस्थाको अवलोकनका लागि यात्रु बोकेर पाल्पाको तानसेनबाट रामपुर जाँदै गरेको बस दुर्घटना भएको खवरले मलाई अत्यन्त दुःख लागेको छ ।’

साथै प्रधानमन्त्री ओलीले दुर्घटनामा ज्यान गुमाएका यात्रुहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।