समाचार

चौथो पटक मन्त्रिपरिषद विस्तार : यादवलाई स्वास्थ्य तथा राई सहरी विकास मन्त्रालय



जेष्ठ १८, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय समाजवादी फोरमका तर्फबाट २ जनालाई सरकारमा सहभागि गराएर चौथोपटक मन्त्रिपरिषद विस्तार गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले उपेन्द्र यादवलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री र मोहम्मद इस्तियाक राइनलाई सहरी विकास मन्त्रीमा नियुक्त गरेकी छिन् ।

गत फागुन तीन गते प्रधानमन्त्रीको सपथ लिएका प्रधानमन्त्री ओलीले यसअघि २२ सदस्यीय मन्त्रिपरिषद बनाएका थिए ।