Banner News

धुलो र प्रदूषण बढ्नुमा भ्रष्टचार पनि जोडिएको छ यसलाई निस्तेज बनाइन्छ : गृहमन्त्री थापा



जेष्ठ २०, काठमाडौं । नेकपाका नेता तथा गृहमन्त्री राम बहादुर थापाले धुलो र प्रदुषण बढ्नुमा भ्रष्टचार जोडिएकोले यसलाई तत्कालै सरकारले निस्तेज बनाउने उद्घोष गरेका छन् ।

विश्व वातावरण दिवसको अवसर पारेर वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आज गृहमन्त्री थापा र वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले थापाथली चोकमा पुगेर सवारीसाधनको प्रदूषणको छड्के चेकजाँच गरेका छन् ।

सो क्रममा गृहमन्त्री थापाले सवारीसाधनले प्रदूषण मापदण्ड पालना गर्नु अनिवार्य रहेको भन्दै यसको नियमित चेकजाँच आवश्यक रहेको गृहमन्त्री थापाको भनाइ छ । स्वस्थ वातावरण भएमात्र नागरिक स्वस्थ रहने भन्दै यसमा सबैको साथ र सहयोग अपरिहार्य रहेको बताए ।

उनले वातावरण दिवसको अवसर पारेर प्रधानमन्त्रीकै सहभागितामा यही जेठ २२ गते स्वच्छ नेपाल महाभियान शुरु गर्न लागिएको जानकारी दिए । त्यस्तै कार्यक्रममा मन्त्रीद्वय थापा र बस्नेतको पनि सवारीसाधनको प्रदूषण चेकजाँच गरिएको थियो ।