स्वास्थ्य

हर्नुहोस चिसो पानीले नुहाउँदाको फाइदा



जेठ २०, काठमाडौँ । गर्मी मौसममा प्राय सबै मानिसलाई चिसो पानीले नुहाउन मन पर्छ । यसले शरीरलाई शीतलता प्रदान गर्नुका साथै शरीर सफा राख्नमा मद्दत गर्छ ।

फाइदाहरु

-चिसो पानीले नुहाउनुस् यसले तपाइँको थकान कम गर्नुका साथै शरीरलाई फूर्तिलो बनाउँछ ।

-चिसो पानीले नुहाउँदा शरीरमा रक्तसञ्चार प्रक्रियालाई प्रभावकारी बनाउँछ ।

-चिसो पानीले नुहाउँदा शरीरमा रहेको यूरिक एसिडलाई चलायमान बनाउछ ।

-चिसो पानीले बिभिन्न चोटपटक लागेका दाग तथा खतमा बस्ने ब्याक्टेरिया हटाउन मद्दत गर्छ ।

-चिसो पानीले नुहाउँदा पुरुषको प्रजनन क्षमतामा बृद्धि ल्याउनमा मद्दत गर्छ ।

– यसले शरीरमा रोगसंग लड्न सक्ने क्षमत अर्थात् रोगप्रतिरोधात्मक क्षमतामा बृद्धि गर्छ ।

-चिसो पानीले नुहाउँदा शरीरमा आँफै तापको मात्रामा बृद्धि हुन्छ जसले पाचन प्रक्रियालाई मजबुद बनाउँछ ।