Banner News

समृद्धि, समाजवाद र सामाजिक न्यायको आधारका साथ बजेट : महासचिव पौडेल



जेष्ठ २०, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले वर्तमान सरकारले ल्याएको बजेट समृद्धि, समाजवाद र सामाजिक न्यायको आधार तयार पार्ने गरी आएको बताएका छन् ।

संघिय संसदमा बजेटबारे आफ्नो धारणा राख्दै पूर्व अर्थमन्त्री समेत रहेका पौडेलले बजेट आत्माविश्वास र विकासवादी भएको उल्लेख गर्दै अपेक्षा र सम्भावनातर्फ अग्रसर भई अघि वढ्नुपर्ने धारणा प्रस्तुत गरेका छन् । बजेटले वर्गियताका आधारमा आएको उल्लेख गर्दै धेरै कमाउनेलाई अलि बढी र कम कमाउनेलाई कम कर लगाउने बजेट आएकोले देश विकास तथा असमानताको खाडल अन्त्य हुने बताएका छन् ।

महासचिव पौडेलले वर्तमान सरकारले ल्याएको बजेटमा शिक्षा, कृषि, पर्यटन, स्वास्थ्य तथा रोजगार केन्द्रित रहेको बताउँदै विकासवादी भएको दावी गरेका छन् । द्रुतमार्ग, रेलमार्ग, मेट्रोरेल जस्ता विकासरका कार्यहरलाई उच्च प्राथमिकताका साथ आउनु जनमुखी भएको बताएका छन् ।