मनोरञ्जन

प्रदीप स्टारर फिल्म ‘लिलिबिली’ ५१ औं दिनमा



जेठ २०, काठमाडौँ । प्रदीप खड्का स्टारर फिल्म ‘लिलिबिली’ ले आज जेठ २० गतेबाट प्रदर्शनको ५१ औं दिनमा टेकेको हो ।

मिलन चाम्स निर्देशित फिल्म चैत ३० गतेबाट प्रदर्शनमा आएको थियो । उक्त कार्यक्रममा ‘लिलिबिली’ ले ५१ औं दिन मनाएको खुसीयालीमा केक काटिनेछ ।

फिल्मले गोपीकृष्ण, गुण, अष्टनारायण र बाराहीसहित चार हलमा प्रदर्शनको ५१ औं दिन मनाएको हो । फिल्मले प्रदर्शनको दुई दिनमा २ करोड ग्रस कलेक्सन गरेको छ ।

प्रदीपको क्रेजका कारण ‘लिलिबिली’ ले बक्सअफिसमा आफूलाई हिट प्रमाणित गरेको छ । उनले फेरि एकपटक आफ्नो स्टारडम प्रमाणित गरेका छन् ।  सो फिल्ममा  जसिता गुरुङ, प्रियंका कार्की, अनुपबिक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, ध्रुव दत्त, रितेश चाम्स लगायतका कलाकारको पनि अभिनय छ ।