अर्थ

सिटिजन्स बैंकको नया प्रविधि भिसा थ्रिडी सेक्योर



जेठ २०, काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले इन्टरनेटमा कार्ड मार्फत सेवा खरिद गर्न चाहने ग्राहकहरुको लागि भिसा थ्रिडी सेक्योर प्रविधि सञ्चालन गरेको छ ।

भिसा कार्ड इन्टरनेसनलको “भेरिफाइड बाई भिसा” मा आधारित यो प्रविधि अनलाइन कार्ड कारोबारको लागि अतिरिक्ति सुरक्षा तहको रुपमा रहनेछ । यो सेवा लिने ग्राहकहरुले प्रत्येक कारोबार गर्दा इमेल तथा मोबाइलमा छुट्टै पिन नम्बर प्राप्त गर्न सक्नेछन्, जसले गर्दा अनलाइन कार्ड कारोबार अझै सुरक्षित हुने बैंकले जनाएको छ ।