Banner News

हामी वातावरणप्रति सजग छौँ, एक वर्षमा करोडौँको संख्यामा वृक्षरोपण हुनेछ : प्रम ओली



जेठ २२, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हरियालीमय र फलफूलमय नेपाल बनाउने सरकारको अभियानमा सहयोग पुर्‍याउन सबैलाई आग्रह गरेका छन् ।

आज मुलुकभर एक लाखको संख्यामा बिरुवा रोपण भएको जानकारी दिँदै प्रधानमन्त्री ओलीले भने “हामी वातावरणप्रति सजग छौँ, अब एक वर्षको अवधिमा करोडौँको संख्यामा वृक्षरोपण हुनेछ ।  साथै सरकारले भावी सन्ततिलाई ध्यानमा राखेर वातावरण संरक्षणको क्षेत्रमा काम गर्ने समेत प्रधानमन्त्री ओलीको बताए ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले वर्षको उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार पत्रकारद्धय मुकेश पोखरेल र मनोज पौडेललाई प्रदान गरे साथै विश्व वातावरण दिवसकै अवसर पारेर ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा पनि विशेष कार्यक्रमको आयोजना गरिएको थियो ।भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनलगायतले वातावरणलाई स्वच्छ राख्ने अभियानमा सबैलाई साथ दिन आग्रह गरेका छन् ।

आज मुलुकभर विश्ववातावरण दिवस मनाइँदैछ । नेपालमा हाल करीब ४५ प्रतिशत वनक्षेत्र छ ।