जेठ २२,काठमाडौँ । सोमबार प्रहरीले ७ जनालाई हुण्डीको कारोवार गरेको आरोपमा पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा थापाथलिका राहुल राय अग्रवाल, सिन्धुपाल्चोकका राजकुमार श्रेष्ठ, भारतीय नागरिक शिवकुमार साङतानी, रविन्द्र चोखानी, राजकुमार सिघान्ची र जगदिश राना सरिया रहेका छन् ।
साथबाट प्रहरीले नगद ५१ लाख ४ हजार ५ सय रुपैयाँ, ३ करोड ५६ लाख ७३ हजार ५ सय सन्तानव्बे रुपैयाँको बैंक चेक, मोबाईल, ल्याप्टप तथा वीच्याटमा गरिएको हुण्डीको कारोवारको विवरण, लेजर कागजातहरु समेत बरामद गरेको छ ।
घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्