राजनीति

चरित्र हत्या गर्न खोजियो, अपराधीलाई कानुनको कठघरामा उभ्याउछु : सांसद लामा



जेठ २३, काठमाडौँ । सांसद नविना लामाको आफ्नु फेसबुक दुरुपयोग गरेर चरित्र हत्या गर्ने खोजिएको अपराधिलाई कानुको कठघरामा उभ्याउने चेतावनी दिएकी छिन् ।

पेट्रोलियम पदार्थको मुल्यवृद्धिको बिषयमा लेखिएको स्टाटसलाई आधार बनाइ केही ब्यक्तिले आफ्नो चरित्र हत्या गर्ने उदेश्यले नक्कली आइडी बनाई स्कृनसट गरि राखेको स्पष्ट पारेकी छिन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमै स्टाटास लेख्दै भनेकी छिन् ‘प्रिय साथीहरू, पेट्रोलियम पदार्थको मुल्यबृद्विको बिषयमा लेखिएको स्टाटसलाई आधार बनाइ केही ब्यक्तिले मेरो चरित्र हत्या गर्ने उदेश्यले मैले नलेखेको कुरा मेरो नक्कली आइडी बनाई स्कृनसट गरि राखेको हो भन्ने जानकारी गराउन चाहन्छु । मैले आजसम्म सामाजिक सञ्जालको सदुपयोगमा जहिले पनि सावधानी अपनाउदै आएको छु । म बाट त्यस्ता प्रकारका शब्दको किमार्थ प्रयोग हुदैन । यस्ता गतिबिधिमा संलग्न जो कोहि उपर पनि कानुनी कारवाहीमा जानेछु र अपराधीलाई कानुनको कठघरामा उभ्याउने छु ।’