समाचार

फेवातालमा बेपत्ता सुप्रिलको १० दिनपछि शव भेटियो



जेठ २३, कास्की ।  फेवातालमा डुंगा शयर गर्दै गर्दा बेपत्ता भएका रामेछाप घर भई भक्तपुर बस्ने सुप्रिल लामाको शव बुधबार मध्यान्ह फेला परेको छ ।

शव झण्डै कुहिन लागिसकेको अवस्थामा फेला परेको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । जेठ १३ गते साथीहरुसँगै फेवातालमा आफै डुंगा चलाएर घुमिरहेका बेला डुंगामै चट्याङ पर्दा सुप्रिल तालको बीच भागमै डुबेका थिए । सुप्रिल तालमा डुबेकै दिनदेखि गोताखोरको टोलीले लगातार खोजी कार्य जारी राखेको थियो ।

फेवातालको शिर भागतिरकै स्थान करिब ८० फिट गहिरो छ । विभिन्न समयमा फेवातालमा डुंगा दुर्घटनामा हुदाँ धेरैले ज्यान गुमाइसकेका छन् ।