समाचार

१६ जिल्ला न्यायाधीशले लिए पद तथा गोपिनयताको सपथ



जेष्ठ २३, काठमाडौं । खुल्ला प्रतिपर्धाबाट नवनियुक्त १६ जना जिल्ला न्यायाधीशहरुले  पद तथा गोपनियताको सपथ लिएका छन् ।

जिल्ला न्यायाधिशहरुले बुधबार सर्वोच्च अदालतमा एक समारोहका बीच पद तथा गोपनियताको सपथ लिएका हुन् । कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले जिल्ला न्यायाधीशहरुको नियुक्ति गरेका थिए । पाटन उच्च अदालतका मुख्य न्यायाधिश प्रकाशकुमार ढुंगानाले न्यायाधीशहरुलाई सपथ गराएका थिए ।

जिल्ला न्यायाधीश बन्नेहरुमा कुलप्रसाद पाण्डे, नन्दकिशोर प्रसाद यादव, कमल पौडेल, सुमनकुमार न्यौपाने, प्रमेश पोखरेल, इश्वरीप्रसाद भण्डारी, रामप्रसाद बस्याल, तेजबहादुर खड्का, सन्तोषप्रसाद पराजुली, केदारनाथ पौडेल रहनु भएको छ । त्यसैगरी आत्मदेव जोशी, मनोज श्रेष्ठ, हरिकृष्ण श्रेष्ठ, दिलिपराज पन्त, विश्वनाथ भट्टराई र रोमनाथ अधिकारी पनि जिल्ला न्यायाधिशमा नियुक्त भएका छन् ।

सपथग्रहण समारोहमा कायममुकायम प्रधानन्यााधिश जोशी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङलगायतको उपस्थिति रहेको थियो ।