सम्पादकीय

सुन तस्करी रोक्न गृहमन्त्रीले मागे चीनसँग सहयोग !



नेपालमा हुने गरेका सुन तस्करी नियन्त्रण गर्न गृहमन्त्री रामबहादुर थापाले चीन सरकारसँग सहयोग माग गरेका छन् । नेपालका लागि चिनियाँ राजदूत यु होङसँग गृहमन्त्रालयमा भएको भेटमा दुबई र चीनबाट नेपालमा सुन तस्करी भइरहेको बताउँदै मन्त्री थापाले त्यसलाई रोक्ने प्रकृयामा सहयोग गर्न चीनको सहयोगको आग्रह गरेका हुन् ।

गृहमन्त्री थापाले चिनियाँ नागरिकसमेत तस्करीमा संलग्न रहेको पाइएको जानकारी गराउँदै तस्कर समूहलाई नियन्त्रण र निरुत्साहित गर्नुपर्ने बताएको नागरिक दैनिकले लेखेको छ ।