सम्पादकीय

आइएनजिओको बजेटमा सांसदलाई दुईदिने तालिम



संसद् सचिवालयले संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको अनुदानमा सांसदलाई दुईदिने तालिम दिने भएको छ । बुधबार र बिहीबार सचिवालयले संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा प्रशिक्षण आयोजना गरेको हो । विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको प्रभावमा संसद् सचिवालयले विगतदेखि नै सांसदहरूलाई तालिम र भ्रमणको नाममा मुलुकभित्र र बाहिर लैजाने गरेको नयाँपत्रिका दैनिकले लेखेको छ ।